विधान मार्केटको अवैध निर्माणबारे गौतम देवले गरे प्रशासनिक अधिकारीहरूसित बैठक

सिलगढी : सिलगढी विधान मार्केटमा अवैध निर्माणबारे आज यहाँको मैनाक टुरिस्ट लजमा राज्यका पर्यटन मन्त्री गौतम देवले प्रशासनिक अधिकारीहरूसित एउटा बैठक गरे। अबदेखि विधान मार्केटमा कुनै निर्माण कार्य शुरू गर्न अघि एसजेडीएलाई जनाउनुपर्ने, यदि एसजेडीएलाई अवगत नगराई कुनै पनि अवैध निर्माण कार्य शुरू गरे सो भत्काइदिने उक्त बैठकमा निर्णय लिएको छ। यसको साथै सिलगढी नगरनिगम इलाकामा गरिएको अवैध निर्माणहरूबारे नगरनिगमका कमिश्नरलाई जानकारी गराएपछि यसबारे कानुनी कार्वाही गरिने बताइएको छ। उक्त बैठकमा दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, एसजेडीए चेयरम्यान बिजय चन्द्र बर्मन, भाइस चेयरम्यान नान्टु पाल लगायत एसजेडीएका सदस्य रञ्जन सरकार उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *