विधान मार्केटको अवैध दोकानहरू नभत्काउने निर्देश दिएकोमा मुख्यमन्त्रीप्रति आभार व्यक्त

सिलगढी : राज्यको मुख्यमन्त्रीको निर्देशअनुसार सिलगढी विधान मार्केटको अवैध निर्माणहरू नभत्काएकोले विधान मार्केट व्यवसायी समितिका सदस्यहरूद्वारा मुख्यमन्त्रीप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन्। सिलगढी विधान मार्केटमा गरिएको अवैध निर्माणबारे बारम्बार अभियोग उठेको छ। यसपछि एसजेडीए-को तर्फबाट एउटा बैठक गरेर अवैध निर्माण भत्काउने निर्देश दिएको थियो। उक्त निर्णयले गर्दा व्यवसायीहरू दुविधामा परेका थिए। अर्कोतिर, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यसबारे थाहा पाएपछि तिनले हाल उक्त अवैध दोकानहरू नभत्काउने एसजेडीएलाई निर्देश दिएकी थिइन्। मुख्यमन्त्रीको उक्त फसेलाले विधान मार्केटका व्यवसायीहरू निक्खै खुसी भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *