विधान मार्केटको अवैध निर्माण सोमवारसम्म भत्काउने एसजेडीए-को निर्देश

सिलगढी: विधान मार्केटमा गरिएको अवैध निर्माण कार्यलाई आउँदो सोमवारसम्म भत्काइदिने एसजेडीए-ले निर्देश दिएको छ। यसैले आज अवैध निर्माण विषयलाई लिएर एसजेडीए-ले विधान मार्केट व्यवसायी समितिका सदस्यहरूसित एउटा बैठक गरे। उक्त बैठकमा एसजेडीए चेयरम्यान विजय चन्द्र बर्मन, सिलगढी महकुमा शासक सुमन्त सहाय लगायत अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए। बैठकमा व्यवसायीहरूकै सहमतिमा आउँदो सोमवारसम्म अवैध निर्माण भत्काइने निर्णय लिएको बताइएको छ। यदि अवैध निर्माण कार्य नभत्काए प्रशासनद्वारा कानून अनुसार अवैध निर्माण भत्काइदिने एसजेडीए चेयरम्यान विजय चन्द्र बर्मनले बताएका छन्। अर्कोतिर, विधान मार्केट व्यवसायी समितिका अध्यक्ष चित्तरञ्जन दासले एसजेडीए-को निर्णयबारे आफुहरू सहमत रहेकोले आउँदो सोमवारसम्म सबै अवैध निर्माण तोड्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *