विधाननगरबाट लाखौँ रुपियाँको टिक काठ उद्धार

सिलगढी : विधाननगर थाना पुलिसले तस्करी गर्न अगावै 80 लाख रुपियाँको टिक काठ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार नाका चेकिङ अवधि आज विधाननगरको भाङ्गापाडा इलाकामा राजस्थानको नम्बर भएको एउटा ट्रकलाई रोकेर छानबीन गर्दा धेरै मात्रामा टिक काठ उद्धार गरे तापनि ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त काठ असमबाट कोलकातातर्फ लगिरहेको थियो। काठ बोकेको उक्त ट्रक घोषपुकुर वन विभागलाई सुम्पिदिएको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *