विधाननगरमा बाँसघारीबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार

फाँसीदेवा : बाँस घारीबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। उक्त घटना फाँसीदेवा ब्लकको विधाननगर संलग्न जयन्तिका चियाकमानको केउटालाइन इलाकामा घटेको हो। मृतक युवक लिम्बू लाइन निवासी 22 वर्षीय शिशिर कुजूरको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति स्थानीय मानिसहरूले चियाकमानको केउटालाइनको बाँसघारीमा झुन्डिएको अवस्थामा युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर विधाननगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *