विधाननगरमा चियाकमानबाट युवकको शव उद्धार

फाँसीदेवा : फाँसीदेवा ब्लकको विधाननगर इलाकाको मतिधर-बिजलमनी चियाकमानको ड्रेनबाट एकजना युवकको शव उद्धार भएको छ। मृतक युवक 27 वर्षीय बिजय घोषको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार मृतक युवकले एउटा होटलमा काम गर्ने गर्दथे। आज बिहान चियाकमानका श्रमिकहरूले ड्रेनमा उक्त युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर विधाननगर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *