विधाननगरमा सिभिक भोलेन्टियरको शव उद्धार, जाँचमा जुट्यो पुलिस

फाँसीदेवा : फाँसीदेवा विधाननगरको बेदनगछ इलाकामा सड़कमा एकजना सिभिक भोलेन्टियरको शव उद्धार भएको छ। मृतक सिभिक भोलेन्टियर 30 वर्षीय दुलाल कर्मकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति कुनै विषयलाई लिएर दुलालको आफ्नो स्वास्नीसित विवाद भएपछि स्वास्नी आफ्नो भाइको घरमा गइन्। आज बिहान घर फर्किआएपछि स्वास्नीले दुलाललाई घरमा नदेखेपछि स्वास्नी तथा आफन्तहरूले तिनको खोजी शुरू गरे। यसपछि स्थानीय मानिसहरूले घरदेखि 200 मीटर टाढामा दुलालको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर विधाननगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्निफर डगको सहयोगमा घटनाको जाँच शुरू गरिने थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *