विधाननगरमा दुईवटा वाहनलाई लरीले धक्का दिएपछि चालक हिरासतमा

विधाननगर : विधाननगर राष्ट्रिय राजमार्गमा रोकेर राखेको दुईवटा वाहनलाई एउटा लरीले धक्का दिने लरी चालकलाई पुलिस हिरासतमा लिएको छ। प्राप्त जानकारीअनुसार मालवाहक एउटा लरी कोलकाताबाट सिलगढीतर्फ गइरहेको समय अनियन्त्रित भएर विधाननगर राष्ट्रिय सडक नजिक राखेको दुईवटा वाहनलाई धक्का दिएको बताइएको छ। घटनापछि विधाननगर थाना पुलिसले लरी सहित चालकलाई हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *