विधाननगरमा दुईवटा वाहन ठोक्किँदा 2 जना घाइते

विधाननगर : विधाननगरको जगन्नाथपुरमा दुईवटा वाहन ठोक्किँदा 2 जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार एउटा वाहन मैनागढीबाट मालदातर्फ गइरहेको समय विधाननगरको जगन्नाथपुरमा एउटा माल वाहक वाहनसित ठोक्किँदा दुवै वाहनको चालकहरू घाइते भएका छन्।


घटनाको खबर पाएर विधाननगर थाना पुलिस घटनास्थलम पुगेर घाइतेहरूलाई उद्धार गरेर विधाननगर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि पठाएको छ। त्यहाँ दुवै चालकको प्राथमिक उपचारपछि छुट्टी दिएको छ। पुलिसले दुईवटा वाहन आफ्नो नियन्त्रणमा लिएर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *