विधाननगरमा गृहिणीको अस्वाभाविक मृत्यु

विधाननगर : विधाननगरको जयन्तिका चियाकमानको क्वेटालाइन इलाकामा गृहिणीको अस्वाभाविक मृत्यु भएको छ। मृतक गृहिणी 36 वर्षीय पुटली नागासिकाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति पुटली नागासिकाको लोग्नेसित विवाद भएको थियो भने आज बिहान परिवारका सदस्यहरूले धेरै समय बितिसक्दा पनि तिनलाई नदेखेपछि कोठाभित्र पसेर हेर्दा मृतक अवस्थामा तिनलाई भेट्टाएपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर विधाननगर पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *