विधाननगर मिलनपल्ली स्पोर्टिङ क्लबको पहलमा नकआउट क्रिकेट प्रतियोगिताको आयोजना

सिलगढी : विधाननगर मिलनपल्ली स्पोर्टिङ क्लबको पहलमा स्वर्गीय लावण्य कुमार घोष नकआउट क्रिकेट प्रतियोगिता शुरू भएको छ। सिलगढी नगरनिगमका मेयर गौतम देवले उक्त प्रतियोगिताको उद्घाटन गरे। आजको उद्घाटन म्याच शङ्कर इलेभन विधाननगर बनाम महाकाल बोइस कुचबिहार टोलीमाझ सम्पन्न भयो। उक्त क्रिकेट प्रतियोगितामा स्थानीय टोली लगायत सिलगढी, राजगञ्ज, मध्यप्रदेश, राजस्थान, असम, बिहार एवम् छिमेकी राज्य नेपालको टोलीले पनि अंश ग्रहण गरेको छ। प्रतियोगितामा विजयी टोलीलाई आकर्षक ट्रफी सहित नगद 1 लाख रुपियाँ, रनर्स टोलीलाई ट्रफी सहित नगद 50 हजार रुपियाँ प्रदान गरिनेछ। यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, सभापति रोमा रेशमी एक्का, तृणमूलको दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोष, एसडीपीओ अचिन्त्य गुप्त लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.