विधाननगर टोल प्लाजामा मर्मान्तिक सडक दुर्घटनामा एकजनाको मृत्यु, अन्य घाइते

विधाननगर : विधाननगरको मादाती टोल प्लाजामा मर्मान्ति सडक दुर्घटनामा एउटी महिलाको मृत्यु भएको छ। मृतक महिला विधाननगरको सापटीगढी निवासी 25 वर्षीय कुसुम पाहानको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार राजगञ्जबाट सिलगढीतर्फ द्रुत गतिमा आइरहेको एउटा बसले विधाननगर मादाती टोल प्लाजामा रोकेर राखेको एउटा पिकअप भ्यानलाई धक्का दिँदा उक्त भ्यान 500 मिटर टाढामा पुगेर पल्टिँदा घटनास्थलमै एउटी महिलाको मृत्यु भएको छ भने अन्य केही यात्रीहरू गम्भीर रूपमा घाइते भएका छन्।


घटनाको खबर पाएर घोषपुकुर आउटपोस्ट पुलिस र फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर उपचारको लागि फाँसीदेवा ब्लक स्वास्थ्य केन्द्रमा पठाए तापनि गम्भीर रूपमा घाइतेहरूलाई त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको खबर पाएपछि स्थानीय विधायक दुर्गा मुर्मु घाइतेहरूसित भेट गर्न घटनास्थलमा पुगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *