विधाननगर वेलफेयर सोसाइटीद्वारा मास्क वितरण

नक्सलबारी : विधाननगर वेलफेयर सोसाइटीको तर्फबाट आज विधाननगर बस स्ट्याण्डमा बस चालकहरू, कन्डक्टर अनि ट्राफिक पुलिसहरूलाई मास्क वितरण गरियो। यस सम्बन्धमा विधाननगर वेलफेयर सोसाइटीका संयोजक बापन दासले कोरोना भाइरसबाट बाँच्नको लागि आज बस चालक, कन्डक्टर एवम् ट्राफिक पुलिसलाई मास्क वितरण गरेको बताए। यसको साथै सोसाइटीको तर्फबाट कोरोना भाइरसबारे मानिसहरूलाई जागरूक पनि गराइयो। यस अवधि विधाननगर वेलफेयर सोसाइटीका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *