विधान रोड व्यवसायी समितिको नयाँ कमिटी गठन

सिलगढी: विधान रोड व्यवसायी समितिको आज नयाँ कमिटी गठन गरियो। 25 जना सदस्य लिएर उक्त नयाँ कमिटी गठन गरिएको छ जसमा अध्यक्ष तुषार कान्ति घोष, सचिव सुब्रत साहा र कोषाध्यक्ष यतन दत्त चयन गरिएको छ। विधान रोड व्यवसायी समितिका अध्यक्ष तुषार कान्ति घोषले बताएअनुसार पुरानको कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरिएको हो। यसको साथै धेरै वर्षदेखि कमिटी रहे तापनि कार्यालय नरहेकोले विधान रोडमा कार्यालय बनाउनेबारे विचार गरिने तिनले बताए। यसबाहेक विधान रोडमा पार्किङको समस्या रहेकोले पुलिस र प्रशासनसित यसबारे कुराकानी गरेको साथै विधान रोडमा एउटा शौचालयको निर्माण गरिने सोँच रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *