विधानसभा चुनाउ अगावै सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा रूट मार्च शुरू

सिलगढी : विधानसभा चुनाउको मिति घोषणा हुन अगावै सिलगढी मेट्रोपोलिटन पुलिसले कठोर सुरक्षा व्यवस्थाको तयारी शुरू गरेको छ। सिलगढी सहरमा सुरक्षा व्यवस्था अझ बलियो बनाउने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटन पुलिसले गत रातिदेखि सहरको विभिन्न इलाकाहरूमा रूट मार्च शुरू गरेको छ। स्मरण रहोस्, हालै कोलकातामा चुनाउ आयोगले सुरक्षा समीक्षाको बैठक अवधि राज्यमा सुरक्षा व्यवस्थालाई लिएर प्रश्न खडा गरेकोले राज्य सरकारले प्रशासनलाई सुरक्षा व्यवस्था अझ बलियो बनाउने निर्देश दिएको बताइएको छ। यसैलाई केन्द्र गरेर सिलगढी मेट्रोपोलिटन पुलिसले गत रातिदेखि सिलगढी सहरको विभिन्न इलाकाहरूमा रूट मार्च शुरू गरेको छ। उक्त रूट मार्च विधानसभा चुनाउसम्म लगातार जारी रहने छ भने चुनाउ अगावै अबको केही दिनको अवधिमै केन्द्रीय सुरक्षा बल पनि पश्चिम बंगालमा आइपुग्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *