विधानसभा चुनाउको लागि कङ्ग्रेस र वाममोर्चामाझ हालसम्म 193 आसनमा सम्झौता

सिलगढी : आगामी 2021-को बङ्गाल विधानसभा चुनाउमा सत्तारूढ तृणमूल कङ्ग्रेस र भाजपालाई रोक्नको निम्ति वाम मोर्चा र कङ्ग्रेसले सम्झौता गरेको छ। यहीँ सम्झौता अनुसार बङ्गालको मोठ 294 वटा विधानसभा आसनहरूमध्ये कुन पार्टीले कतिजना प्रार्थी दिने भन्ने विषयलाई लिएर चलिरहेको चर्चाबिच हिज यी दुवै दलमाझ 193 वटा आसनको निम्ति सम्झौता भइसकेको जानकारी प्राप्त भएको छ। बिहिबार दुवै दलमाझ भएको बैठकमा 294 वटा आसनमध्ये 193 वटा आसनमा सम्झौता भइसकेको छ भने रहल 101 आसनबारेमा पनि चाँडै छलफल गरिने पार्टी सूत्रले जनाएको छ। यसैगरी, रहल सबै आसनको लागि पनि फरवरीको पहिलो सप्ताहभित्रमै दुई दलमाझ सम्झौता गरिने भएको छ। हालसम्म भएको 193 आसन सम्झौताअनुसार 101 आसनमा वाममोर्चा अनि 92 आसनमा कङ्ग्रेस प्रार्थीले चुनाउ लड्ने निर्णय लिएको छ। रहल आसनहरूबारे आगामी 7 फरवरीको दिन फेरि कङ्ग्रेस र वाममोर्चाका शीर्ष नेताहरूमाझ महत्वपूर्ण बैठक गरिने भएको छ। अर्कोतिर, विधानसभा चुनाउभन्दा अगावै आगामी 28 फरवरीको दिन यी दुवै दल कङ्ग्रेस र वामफ्रन्टले संयुक्त रूपमा एउटा विराट ब्रिगेड समावेश गर्ने भएको छ। जसमा कङ्ग्रेसका शीर्ष नेता राहुल गाँधी र प्रियङ्का गाँधीलाई पनि यस समावेशमा निम्त्याइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *