विधानसभा चुनाउको मुखैमा सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा पिस्तोलहरू सहित तीनजना पक्राउ

सिलगढी: विधानसभा चुनाउलाई ध्यानमा राखेर कुनै प्रकारको हिंसा तथा अवैध गतिविधिहरूमाथि सिलगढी मेट्रोपोलिटन पुलिसले चौबिसै घण्टा कठोर नजरदारी राखिरहेको छ। यसैको फलस्वरूप भक्तिनगर थाना पुलिस र आशिघर आउट पोस्ट पुलिसले गत राति भिन्न भिन्नै ठाउँबाट पिस्तोलहरूसहित तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा तीनै जना सिलगढीका खोखन सरकार, सुभोजीत विश्वास र शम्भु दास सामेल छन्। जानकारी अनुसार खोखन सिलगढीको ज्योतिनगर, सुभोजीत दक्षिण शान्तिनगर अनि शम्भू घोघोमाली इलाका निवासी हुन्। घटनाक्रम अनुसार, भक्तिनगर थाना पुलिसले सेभोक रोड स्थित एउटा होटल नजिक संदिग्ध अवस्थामा रोकिएको नम्बर प्लेट नभएको सेतो रंगको एउटा स्कर्पियो देखेपछि त्यसको छानबिन गर्दा पुलिसले एउटा 7 एमएम पिस्तोल, 8 पीस जिउँदो कारतूस, दुईवटा फूल लोड म्यागजिन र एउटा खाली म्यागजिन उद्धार गरेको छ।

 

उक्त घटनामा पुलिसले खोखन सरकारलाई पक्राउ गरेको छ। यसको साथै वाहन पनि पुलिसले जफत गरेको छ। खोखन सरकारलाई यस भन्दा अघि पनि केही अपराधिक मामिलामा पुलिसले पक्राउ गरिसकेको बताइएको छ। यसैगरी, आशिघर आउट पोस्ट पुलिसले एउटा अभियान चलाएर दुईजना व्यक्तिलाई एउटा 7 एमएम पिस्तोल, एउटा वन सटर अटोमेटिक पिस्तोल, एउटा म्यागजिन अनि दुईवटा जिउँदो कारतूस सहित सुभोजीत विश्वास र शम्भु दासलाई पक्राउ गरेको छ। तीनैजना पक्रा पर्ने व्यक्तिलाई गैरकानूनी रूपमा हतियार राखेको बारे मामिला दर्ता गरेर आज जलपाइगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabetsezarcasinojojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetcio Built with ❤︎ by appycodes