विधानसभा चुनाउलाई लिएर सैकत च्याटर्जीले गरे जलपाईगढीमा सभा

जलपाईगढी : आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर तृणमूल युवा कांग्रेस र बंगालका युवा शक्ति एकजुट भएर कार्य गर्ने भएको छ। युवा शक्तिको माध्यमद्वारा नयाँ युवा-युवतीहरूलाई पार्टीको कार्यमा सामेल गरिने भएको छ। युवा तृणमूल कांग्रेसका अध्यक्ष तथा बंगाल युवाशक्तिको उत्तरबंग समन्वय समितिका सदस्य सैकत च्याटर्जीले यसबारे जानकारी गराएका छन्। बंगालको युवाशक्तिको माध्यमद्वारा टोलीमा युवाहरूलाई सामेल गराएर आगामी विधानसभा चुनाउ अगावै जिल्लाभरिमै विविध कार्यहरू गरिने तिनले बताए। तिनले बताएअनुसार जलपाईगढी जिल्लाको 15 हजार युवाहरूलाई युवाशक्तिमा सामेल गराइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *