विधानसभा चुनाउमा अशोक भट्टाचार्यलाई पराजय गर्न भूमिपुत्र प्रार्थी आवश्यक: नान्टु पाल

सिलगढी : सिलगढी विधानसभा आसनको लागि तृणमूल प्रार्थीको रूपमा ओमप्रकाश मिश्रको नाम घोषणा गरेपछि तृणमूल नेता नान्टु पालले क्षोभ प्रकट गरे। तिनले बताएअनुसार सिलगढीबाट अन्य कसैलाई प्रार्थी चयन गरे तापनि कुनै असुविधा थिएन तर ओमप्रकाश मिश्रलाई तृणमूल प्रार्थीको रूपमा चयन गरेकोमा आफू असन्तुष्ट रहेको बताए। तिनले अझ भने, अशोक भट्टाचार्यलाई पराजय गर्नको लागि सिलगढीको आसनमा भूमिपुत्र चयन गरिनु उचित थियो। यसको साथै बाहिरको विधायक भएको खण्डमा साधारण मानिसहरूलाई निक्कै असुविधा हुने भएकोले सिलगढी आसनबाट भूमिपुत्रलाई नै छनौट गरिनुपर्ने आवश्यक रहेको तिनले बताए। सिलगढीको विकासको लागि धेरैवटा कार्यहरू गर्न बाँकी रहेको छ भने ती कार्यहरू बाहिरका मानिसले गर्न सक्छ कि सक्दैन भन्ने विषयलाई लिएर तिनले सन्देह प्रकट गरे। केही दिनअघि ओमप्रकाश मिश्र केही कारणले गर्दा मुख्यमन्त्रीको नजरमा चर्चाको विषय बनेका थिए भने आज तिनलाई सिलगढी आसनको लागि प्रार्थी चयन गरेकोमा तिनले असन्तुष्टि व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *