विधानसभाको हातापाई घटनालाई लिएर भाजपा-द्वारा सिलगढी थाना अघि विक्षोभ प्रदर्शन

सिलगढी विधानसभामा तृणमूल र भाजपा विधायकमाझ हातापाई भएको घटनालाई केन्द्र गरेर भाजपाका 5 जना विधायकलाई सस्पेन्ड गरिएको छ, जसमा सिलगढीका विधायक शङ्कर घोष पनि सामेल छन्। उक्त घटनाको विरोध जनाउँदै आज भाजपाको तर्फबाट सिलगढी थाना अघि विक्षोभ प्रदर्शन गरियो। उक्त प्रदर्शनमा सिलगढीका भाजपा विधायक शङ्कर घोष लगायत मतिगढा नक्सलबारीका विधायक तथा जिल्ला भाजपा सभापति आनन्दमय बर्मन पनि उपस्थित थिए। भाजपाका विधायक तथा नेतृत्वहरूले आज सिलगढी थाना अघि सडकमा बसेर विक्षोभ प्रदर्शन गर्दै उक्त घटनामा केवल भाजपा विधायकहरूलाई मात्र किन सस्पेन्ड गरिएको भन्दै प्रश्न चिन्ह खडा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *