विधायक बीपी बजगाइँद्वारा मङपु अस्पताललाई स्वास्थ्य सामग्रीहरू प्रदान

मङपु: खरसाङका विधायक बीपी बजगाइँले मङपु अस्पतालको परिभ्रमण गर्नको साथै तिनले अस्पताललाई आफ्नो तर्फबाट एउटा अक्सिमिटर,थर्मोमिटर, पीपी किट् अनि सेनिटाइजर प्रदान गरेका छन्। मङपु अस्पतालको भ्रमण अवधि हिजो तिनले चाँडैं नै अस्पतालमा चाहिने अन्य स्वस्थ्य उपकरणहरू पनि आफ्नो तर्फबाट प्रदान गर्ने वचन दिएको बताइएको छ। जानकारी अनुसार तिनले अस्पतालको डाक्टर अनि अस्पताल संरक्षण समितिलाई अस्पतालमा चाहिने स्वस्थ्य सामाग्रीहरूको निम्ति झट्टै एउटा ज्ञापन पत्र चढाउने सल्लाह दिएको छ। यस अवधि तिनको साथमा गोरामुमोका केन्द्रीय नेता एनबी छेत्री, प्रवेश राई पनि उपस्थित थिए। यसैगरी, विधायक बीपी बजगाइँले सिटोङको पनि परिभ्रमण गरेर स्वस्थ्य समाग्रीहरु वितरण गरेको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *