विधायक बीपी बजगाइँ खरसाङ दूरदर्शनको गेट अघि धरनामा

खरसाङ : खरसाङको दूरदर्शन हटाउने निर्णयको विरोध गर्दै यसलाई खरसाङमै यथावत राखिनु पर्ने मागमा खरसाङका भाजपा विधायक बीपी बजगाइँ आज धरनामा बसेका छन्। बिहान भाजपा विधायक बीपी बजगाइँसितै भाजपाका कार्यकर्ताहरू पनि खरसाङको दूरदर्शनको टावर अघि बाहिनैदेखि धरनामा बसेका छन्। खरसाङको धरोहर मानिने दूरदर्शन भोलि 1 जनवरीदेखि खरसाङबाट हटाइने भएकोले गर्दा यसको विरोधमा खरसाङका विधायक बीपी बजगाइँ आज अन्तिम दिन धरनामा बसेका छन्। तिनीसितै खरसाङ क्षेत्रका भाजपाका कार्यकर्ताहरू पनि धरना प्रदर्शनमा सामेल छन्। विधायक बीपी बजगाइँले केन्द्रमा रहेको भाजपा सरकारकै निर्णयको विरोधमा आज तिनले विरोध गर्दै प्रतिकात्मक रुपमा धरना प्रदर्शन गरेर विरोध जनाएका छन्।  खरसाङको नयाँ बजारस्थित दूरदर्शनको गेट अघि धरनामा बसेका विधायक बजगाइँले पत्रकारहरूसित कुराकानी गर्दै खरसाङको दूरदर्शन केन्द्र हटाउने सुनेपछि आफुले 20 दिसम्बरको दिन नै भारत सरकारको सम्बन्धित मन्त्रालयलाई ई-मेल गरेको र ई-मेलको उत्तर नआएपछि चिट्ठी पनि लेखेको तर कुनै प्रतिउत्तर अझसम्म नआएको बताए।


तिनले मेरो राजनैतिक जीवनको सबैभन्दा दुर्भाग्यपूर्ण दिन हो कारण आफु जुन दलबाट विधायक चुनिएको छु त्यही दलको पार्टीको केन्द्रमा रहेको सरकारको मन्त्रालयले लिएको निर्णयको विरोधमा विरोध प्रदर्शन गर्न आएको बताए। तिनले आफु भाजपाको विधायक भएपनि यो निर्णय केन्द्र सरकारको हो र केन्द्रमा भाजपाकै सरकार छ तर खरसाङको जनताले मलाई जिताएर निर्वाचित गरेको एकजना जनप्रतिनिधि भएकोले गर्दा खरसाङको जनताको समस्या भएकोले केन्द्र सरकारको यस निर्णयको विरोधमा यो प्रतिकात्मक धरना प्रदर्शन गरेको बताए। विधायक बजगाइँले पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै खरसाङको दूरदर्शन केन्द्रको ट्रान्समिशन एनालक ट्रान्समिशन हो तर यो केही पुरानो भएकोले नयाँ तरिकाले डिजिटलाइज भएको छ। तर हाम्रो माग भनेको यहाँ डिजिटलाइज गरेर पनि नयाँ टान्समिटरको साथमा यही नै स्टुडियो निर्माण गरिनुपर्छ र यहाँको संस्कृति संरक्षण गरिनुपर्छ र स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गरिनुपर्छ भनी बताए। तिनले भने, दूरदर्शन केन्द्रको लागि यहाँको स्थानीय कलाकारहरू र संघ-संस्थाहरूले पहल गर्नुपर्छ, हामी साथमा हुनेछौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *