विधायक बीपी बजगाईंद्वारा मिरिक महकुमा अन्तर्गत विभिन्न क्षेत्रहरूको परिभ्रमण

मिरिक: खरसाङ विधानसभा समष्टिका विधायक बीपी बजगाईंले आज मिरिक महकुमाको छोटाटिङलिङ, पुटुङ, नोल, च्याँगा, बुङकुलुङ आदि क्षेत्रहरुको परिभ्रमण गरेर त्यहाँको अभाव तथा समस्याहरुको जानकारी लिए। छोटाटिङलिङमा विधायकलाई गैर सरकारी संस्था प्रगतिशील नागरिक मञ्चले लिखित रूपमा यहाँको समस्याहरु अवगत गराए। मञ्चका अध्यक्ष अर्जुन थापाले यहाँका समस्याहरु बारे अवगत गराए पछि विधायक बजगाईंले यहाँको समस्याहरू सम्बन्धित स्थानमा पुऱ्याइने आश्वासन दिए। आफुहरू विपक्षमा रहे तापनि हरेक समस्याहरु ईमान्दारीपूर्वक सम्बन्धित ठाउँमा पुऱ्याइदिने तिनले बताए। यस अवसरमा विधायक बजगाईंसित क्रामाकपा नेता अरुण घतानी र भाजपा नेता सन्तोष रसाईली पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *