विधायक खगेश्वर राय बने जलपाईगढी जिल्लाको तृणमूल कांग्रेसका चेयरम्यान

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले तृणमूल कांग्रेसको जलपाईगढी जिल्लाको चेयरम्यानको पदभार सम्हाले। उक्त पदभार सम्हालेपछि तिनले आज पार्टी कार्यकर्ताहरू र समर्थकहरूलाई आफ्नो पहिलो लक्ष्य दलीय संघर्षको समाधान गरेर पार्टीलाई अझ दह्रिलो बनाउनु रहेको बताए। स्मरण रहोस्, मुख्यमन्त्री ममता ब्यानर्जीले हिजो राज्यका विभिन्न जिल्ला कमिटीहरूको प्रतिनिधिहरूसित बैठक गरेपछि केही पदहरूमा फेरबदल गर्दै तिनलाई उक्त जिम्मेवारी सुम्पिएको थियो। राजगञ्जका विधायक खगेश्वर रायलाई जलपाईगढी जिल्लाका चेयरम्यान चयन गरेपछि आज तिनलाई सम्मान जनाइयो। यस अवसरमा तिनले पार्टीको दलीय संघर्षको समाधान गर्नु आफ्नो पहिलो काम रहेको साथै पार्टीका सबैजना एकसाथ मिलेर आगामी विधानसभा चुनाउको तयारी गर्नुपर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *