विधायक खगेश्वर रायद्वारा पुजारीहरूलाई सम्वर्द्धना

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले आज धेरैजना पुजारीहरूलाई सम्वर्द्धना जनाए। राजगञ्ज ब्लकको बेलाकोबास्थित शिकारपुर ग्राम पञ्चायत कार्यालयमा एउटा कार्यक्रमबीच लगभग 13 पुजारीलाई खदा लगाइदिनको साथै मिठाई दिएर सम्वर्द्धना जनाए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सबै पुजारीहरूको लागि मासिक भत्ताको व्यवस्था गरेको साथै यसद्वारा धेरैजना पुजारीहरू लाभान्वित भइरहेको यस अवसरमा खगेश्वर रायले बताए। तिनीहरूमध्ये आज केही पुजारीहरूलाई सम्वर्द्धना जनाएको तिनले बताए। यस अवसरमा राजगञ्ज ब्लक अध्यक्ष लक्ष्मण मोहन राय, शिकारपुर अञ्चलका उपप्रधान अमलेन्दु भौमिक, सलेमम मोहम्मद, प्रोसेनजीत दे लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *