विधायक खगेश्वर रायद्वारा राजगञ्जमा 48 वटा विकासमूलक कार्यको शिलान्यास

राजगञ्ज : राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत इलाकामा 48 वटा विकासमूलक कार्यको आज राजगञ्जका विधायक खगेश्वर रायले विधिवत् रूपमा शिलान्यास गरे। बिन्नगढी ग्राम पञ्चायत कार्यालयबाट तिनले उक्त परियोजनाहरूको शिलान्यास गरे। उक्त परियोजनाको माध्यमद्वारा सडक, कल्भर्ट, नाली आदिको निर्माण गरिने भएको छ भने विधायक कोषबाट बाखोयाबारी इलाकामा श्मशान घाट निर्माण गरिने भएको छ। यस अवसरमा विधायक रायले विधानसभा चुनाउको आचार संहिता लागू भएपछि कुनै नयाँ कार्य गर्न नपाउने भएकोले आज एकैसाथ 48 वटा विकासमूलक कार्यहरूको शिलान्यास गरेको साथै चाँडै नै निर्माण कार्य शुरू गरिने बताए। शिलान्यास कार्यक्रममा बिन्नागढी अञ्चल प्रधान शशी चन्द्र बर्मन, उपप्रधान तुषार दत्त लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *