विधायक खगेश्वर रायको वाहनमा हमला, भाग्यले बाँचे विधायक

राजगञ्ज (निसं): राजगञ्जका विधायक खगेश्वर रायको वाहनमाथि हमला हुँदा विधायक राय भाग्यले बाँचे। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज फुलबारी आउने भएकोले गर्दा विधायक खगेश्वर रायले विभिन्न ग्राम पञ्चायत क्षेत्रहरूमा पार्टीको बैठक गरे। गत राति तिनी राजगञ्ज ब्लकको सन्न्सीकाटा ग्राम पञ्चायत इलाकामा एउटा बैठक गरेर फर्किरहेको समय चेकरमारी इलाकामा तिनको वाहनमा ढुङ्गाले प्रहार गर्दा विधायकको सीटको पछिल्तिरको ऐना फुटेको छ। उक्त घटनामा तिनी भाग्यले बाँचे। यस सम्बन्धमा विधायक खगेश्वर रायले भने, हिजो लगभग साढे सात बजी सन्न्यासीकाटा ग्राम पञ्चायत इलाकामा एउटा बैठक गरेपछि वाहनमा सवार भएर फर्किरहेको समय चेकरमारी इलाकामा वाहनमा ढुङ्गाले प्रहार गर्दा म भाग्यले बाँचे। विपक्षीले यस प्रकारको कार्य गरेको तिनले आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *