विधायक खगेश्वर रायले गरे सडक निर्माण कार्यको शिलान्यास

राजगञ्ज (निसं): राजगञ्ज ग्रामीण अस्पताल जाने सडक धेरै दिनदेखि जर्जर अवस्थामा रहेको छ। अन्ततः आज राजगञ्जका विधायक खगेश्वर रायले उक्त सडकको निर्माण कार्यको शिलान्यास गरे। राजगञ्ज ब्लक अन्तर्गत पानीकौरी ग्राम पञ्चायतको पानीकौरी मोडदेखि ग्रामीण अस्पताल हुँदै हरिहर हाई स्कुलसम्म लगभग साढे तीन किलोमिटर सडकको काम शुरू गरिएको छ। डब्ल्युबीएसआरडीए विभागको वित्तीय सहयोगमा लगभग 3 करोड 50 लाख रुपियाँको लागतमा उक्त सडकको निर्माण भइरहेको छ। अर्कोतिर, राजगञ्जका विधायक खगेश्वर रायले राजगञ्जको सुखानी ग्राम पञ्चायत अन्तर्गत बाबुपाडा इलाकामा लगभग 150 मीटर पेपर ब्लक सडकको पनि शिलान्यास गरे। यस सम्बन्धमा विधायक खगेश्वर रायले भने, यो सडक महत्वपूर्ण सडक हो। राजगञ्ज ग्रामीण अस्पताल एवम् विद्यालय यहीँ सडकमा अवस्थित छ। धेरै लामो समयदेखि उक्त सडक जर्जर अवस्थामा रहेकोले आज यसको निर्माण कार्यको शिलान्यास गरियो। उक्त सडकको निर्माण भएपछि हजारौँ मानिसहरूले निक्कै सुविधा हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *