विधायक कौशिक रायले भेटे दिवङ्गत भाजपा कार्यकर्ता उलेन रायका परिवारसित

राजगञ्ज : दिवङ्गत भाजपा कार्यकर्ता उलेन रायको परिवारका सदस्यहरूको सहयोगको लागि मयनागढीका विधायक कौशिक राय अघि आएका छन्। तिनले आज उलेन रायको परिवारका सदस्यहरूसित भेट गरेर एक महिनाको खाद्य सामग्री प्रदान गर्नको साथै प्रत्येक महिना 6 हजार रुपियाँ दिइने आश्वासन दिएका छन्। स्मरण रहोस्, गत 7 दिसम्बरको दिन भाजपाको उत्तरकन्या अभियान अवधि राजगञ्ज ब्लकको मान्तादारी निवासी भाजपा कार्यकर्ता उलेन रायको मृत्यु भएको थियो। यसपछि धेरैले उक्त परिवारलाई सहयोग गर्ने आश्वासन दिए तापनि हालसम्म कोही पनि पीडित परिवारको सहयोगको लागि अघि आएको थिएन। मयनागढीका विधायक कौशित रायले आज उक्त परिवारका सदस्यहरूसित भेट गरे। तिनले बताएअनुसार उत्तरकन्या अभियान अवधि आफ्ना पार्टीका कार्यकर्ता उलेन रायको मृत्यु भएको थियो। आफू यसभन्दा अघि पनि पीडित परिवारका सदस्यहरूसित भेट गरिसकेको साथै आज पनि तिनीहरूसित भेट गरेर केही खाद्य सामग्री प्रदान गरेको तिनले बताए। यसबाहेक आर्थिक रूपले सक्षम नभएसम्म आफ्नो तर्फबाट पीडित परिवारलाई प्रत्येक महिना 6 हजार रुपियाँ दिइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *