विधायक निरज जिम्बाको सहयोगमा धजेमा समाज घरको निर्माण

दार्जिलिङ: विधायक निरज जिम्बाद्वारा इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत कल्याणकारी योजनाहरुलाई तीब्र गतिमा अघि बढाइरहेका छन्।  यसैक्रममा उक्त योजना (वर्ष 2021-22) अन्तर्गत स्थानीय विधायक कोषबाट निरज जिम्बाले जोरबङ्लो सुखिया पोखरी खण्ड विकास कार्यालय अधिनस्थ पर्ने धजेमा आमा प्रगतिशील समाज घरको निर्माण गरिदिएको छ। यस कार्यको निम्ति तिनले विधायक कोषबाट 2 लाख रुपियाँ प्रदान गरेको जानकारी प्राप्त भएको छ। गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका सदस्य मनोज राईले यसबारे थप जानकारी दिए अनुसार धजेमा एउटा समाज भवनको अत्यन्तै आवश्यक रहेकोले दार्जिलिङका विधायक निरज जिम्बालाई यसबारे जानकारी गराइएको थियो। तिनले समाज भवन निर्माणको निम्ति पहल गरिदिने वचन दिए अनुसार आज धजेमा समाज भवन निर्माण कार्य सफतापूर्वक सम्पन्न भएको छ। तिनले अझ भने, आमा प्रगतिशील समाजका नारीहरुले समाज भवनलाई सञ्चालनमा ल्याएको छ। यसको निम्ति समाजको तर्फबाट विधायक निरज जिम्बाप्रति आभार व्यक्त गर्दै तिनीहरूले धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *