विधायक निरज जिम्बाद्वारा विपन्न परिवारहरुलाई सहयोग

दार्जिलिङ: विधायक निरज जिम्बाले आफ्नो कार्यलाई निरन्तरता दिँदै दार्जिलिङ विधानसभा क्षेत्र अन्तर्गत पर्ने 3 माईल निवासी कुमार तामाङ अनि तिनकी धर्मपत्नी उषा तामाङको घरेलु आर्थिक अवस्था एकदमै कमजोर भएकोले घरको मरमति गर्नु पर्ने अवस्था रहेकोले 40 वटा टिनको च्यादर प्रदान गरेका छन्। यस वाहेक तिनका परिवारलाई सिलगढीबाट आवश्यक दवाई उपलब्ध गराउनको साथै प्रत्येक महिना 1 हजार रूपियाँ तिनको ब्याङ्क खातामा जम्मा गरिदिने विधायक जिम्बाले वचन दिएका छन्।


यसैगरी, तिनले यहाँका कतिपय ठाउँहरूमा विपन्न परिवारका सदस्यहरूलाई ब्ल्याङकेट, तारपोलिन लगायत अन्य समानहरू पनि वितरण गरे। यहाँका कुमार तामाङको घर मरमति गर्नु पर्ने अवस्थामा पुगिसकेकोले तिनको घर पनि मरमति गरिदिने आश्वासन दिएका छन्। यसवाहेक, यहाँको महिला फुटबल खेलाडीहरुको मनोबल बढाउँदै तिनीहरूको लागि फुटबल, जर्सी साथै फुटबल बुट उपलब्ध गराइदिने वचन पनि दिएको पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *