विधायक निरज जिम्बाद्वारा पानीघट्टा तराई क्षेत्रलाई कोरोना संक्रमणबाट बचाउन विभिन्न सामग्रीहरु प्रदान

पानीघट्टा: गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशमा गोरामुमो सामाजिक सेवा अभियानलाई अघि बढाउँदै दार्जिलिङका विधायक निरज जिम्बाले पानीघट्टा तराई क्षेत्रका 8 वटा शाखाहरुलाई विभिन्न सामाग्रीहरु प्रदान गरियो। गोरामुमो केन्द्रीय समितिका सदस्य सचित गहतराज अनि ऋषि थापाको उपस्थितिमा पानीघट्टामा गोरामुमो तराईका नेतृत्वहरुलाई विधायक जिम्बाले सेनेटाइजर मशीन, हाइड्रोक्लोराइड, क्लिनिकल मास्क, हातमा लगाउने सेनेटाइजर, पञ्जा, टाउकोमा लगाउने क्याप, पीपीई किट्स, प्लास्टिकको बरसाती, भ्यापर मशिन, अक्सिमिटर आदि सामाग्रीहरु प्रदान गरे। यस अवसरमा विधायक जिम्बाले पत्रकारहरुलाई सम्बोधन गर्दै पानीघट्टा तराईलाई सहयोगको यो मेरो पहिलो चरण हो अनि भविष्यमा पनि कोरोनासँग लड्नको निम्ति पानीघट्टा तराई क्षेत्रलाई सहयोग गर्ने वचन दिए। तिनले भने, पार्टी अध्यक्ष मन घिसिङको निर्देशनलाई पालन गरेर म प्रत्येक ठाउँमा पुग्ने कोशिश गरिरहेको छु। मेरो विधानसभा क्षेत्र नपरे तापनि प्रथमतः म विधायक भन्दा अघि म गोरामुमोको कर्मठ सदस्य हुँ, यसकारण मैले मानवताको धर्म निभाउनु पर्छ। अर्कोतिर, कोरोनाको यस संक्रमणकालमा मानवताको नातामा पानीघट्टा तराई क्षेत्रलाई पनि सहयोग पुर्याणएकोमा सम्पूर्ण तराईवासीको पक्षमा गोरामुमो केन्द्रीय समितिका सदस्य सचित गहतराजले आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *