विधायक निरज जिम्बाद्वारा दार्जिलिङको लेबोङ भेल्ली समष्टिलाई विभिन्न सामग्रीहरू प्रदान

दार्जिलिङ: विधायक निरज जिम्बाले लेबोङ भेल्ली समष्टि भ्रमण गरेर गोरामुमो समष्टिका सभापति राजु सुब्बा अनि अन्य प्रतिनिधिहरुसँग भेट गरेर समष्टिमा रहेको विविध समस्याबारे जानकारी लिइँदै कोरोना संक्रमण विरूद्ध लड्नको निम्ति विभिन्न सामग्रीहरु प्रदान गरे। प्राप्त जानकारी अनुसार तिनले लेबोङ भेल्ली समष्टिको लागि 14 वटा सेनिटाइजेशन मशिन, 2 वटा ब्याट्रीद्वारा सञ्चालित सेनिटाइजेशन मशिन, 250 लिटर रासायनिक हाइपोक्लोराइट सलुसन, 25 सय सर्जिकल मास्क, सेनिटाइजेशनको निम्ति 28 वटा चस्मा, 30 वटा पीपीई किट्स,14 वटा थर्मोमिटर, 14 वटा अक्सिमिटर, 14 वटा डिजिटल थर्मोमिटर, 28 वटा भापोर मशिन, 2 वटा थर्मोमिटर गन, 50 वटा सिल्ड माक्स, 30 वटा हातमा लगाउने सेनिटाइजर, 500 वटा पञ्जा आदि सामाग्रीहरु समष्टि सभापति राजु सुब्बा साथै समष्टिका प्रतिनिधिहरुलाई लेबोङ कृष्णनगर सर्व कल्याण समितिको समाज भवनमा हस्तान्तरण गरे। यसै क्रममा विधायक जिम्बाले समाजका प्रतिनिधिहरुलाई पनि भेटघाट गरेर गाउँ समाजमा भएको समस्याहरु बारे चर्चा गरेपछि समाजका प्रतिनिधिहरुले समाज घरको निम्ति सहयोगको अपील गरेर ज्ञापन पत्र पनि चढाए। अर्कोतिर, गोरामुमो समष्टि सभापति राजु सुब्बाले अध्यक्ष मन घिसिङको निर्देशनमा लेबोङ भेल्ली समष्टिको निम्ति कोरोना भाइरसको प्रकोपसँग लड्नको निम्ति विभिन्न सामग्रीहरु प्रदान गरेर सहयोग पुर्‍याएकोमा आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *