विधायक निरज जिम्बाद्वारा त्रिवेणी कोभिड अस्पताललाई चिकित्सा सामग्रीहरू प्रदान

टिस्टा: गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङको 86औं जन्मजयन्तीको अवसरमा टिस्टास्थित त्रिवेणी कोभिड अस्पताललाई विधायक निरज जिम्बाले चिकित्सा सामग्रीहरु प्रदान गरे। तिनले दिएको जानकारी अनुसार त्रिवेणी अस्पतालको निम्ति तिनले 10 वटा माप ट्रली, इलेक्ट्रोनिक सेमिफायर मशिन, 10 वटा इलेक्ट्रोनिक जार, 10 वटा भेपोराइजर मशिन, 5 वटा म्याट्रेस, 20 वटा पलङ च्यादर, 50 वटा चिकित्सक चस्मा, 20 लिटर रासायनिक हाइपोक्लोराइट सलुसन, 50 वटा फेस सिल्ड, 200 वटा सर्जिकल मास्क आदि सामग्रीहरु अस्पतालका अधिकारी अनि स्वस्थ्यकर्मीहरुलाई प्रदान गरेका छन्। यसको साथै विधायक जिम्बाले अस्पताललाई चाहिने अन्य आवश्यक सामग्रीहरू भविष्यमा पनि सहयोग गर्ने अस्पताल कर्तृपक्षलाई आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *