विधायक निरज जिम्बाद्वारा तारपोलिन वितरण

दार्जिलिङ : दार्जिलिङका भाजपा विधायक निरज जिम्बा दार्जिलिङ नगरपालिका अन्तर्गत पर्ने विभिन्न वार्डहरूको भ्रमण अवधि तिनले वार्ड नम्बर 16 रकउडमा बिरामीलाई भेट्न जाँदा स्थानीय निवासी सुकमान तामाङको घर चिन्ताजनक अवस्थामा रहेको र वर्षाको कारण घरको छानाबाट पानी चुहुने भएकोले उक्त परिवारले धेरै समस्याहरूको सामना गरिरहेका थिए। विधायक निरज जिम्बाले उक्त घरको निरीक्षण गरेर तारपोलिनको सहयोग पुर्‍याउने वचन दिएका थिए साथै आवश्यक परेको खण्डमा अन्य सहयोग पनि दिइने वचन दिएका थिए। यसै अनुरूप विधायक जिम्बाको टोलीले वार्ड नम्बर 16 मा भ्रमण गरेर सुकमान तामाङको घरको छानामा तारपोलिन लगाइदिएका छन्। सुकमान तामाङले विधायक निरज जिम्बाप्रति आभार व्यक्त गर्दै तिनको टोलीलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *