विधायक निरज जिम्बाद्वारा विकास कार्य जारी

दार्जिलिङ: आफ्नो विधानसभा क्षेत्रका विभिन्न ठाउँमा विकासका कार्यहरु जारी राख्दै दार्जिलिङका विधायक निरज जिम्बाले बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत स्थानीय विधायक क्षेत्र विकास योजना कोषबाट ग्रामीण क्षेत्र लगायत नगरपालिका क्षेत्रमा विकासका कार्यहरु गर्दै आइरहेका छन्।


यसैक्रममा दार्जिलिङ नगरपालिका क्षेत्राधिकार अन्तर्गत विधायक इलाका उन्नयन प्रकल्प योजना 2021/2022  क्षेत्र विकास योजना कोषबाट दार्जिलिङको वार्ड नम्बर 30 अन्तर्गत मेडो ब्याङ्क,कल्याण समाज सामुदायिक भवनको भुइँ तल्लामा टाईलहरु बिछ्याउने कार्य गरिएको विदायक जिम्बाले जानकारी गराएका छन्। तिनले बताए अनुसार उक्त कार्य लगभग 3 लाख रूपियाँको लागतमा सम्पन्न भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *