विधायक निरज जिम्बाद्वारा बिरामीलाई आर्थिक सहयोग

टिस्टाभेल्ली: तकदाह टिस्टा भेल्ली समष्टी अन्तर्गत बडा मंगमाया शाखाको गोर्खा राष्ट्रिय युवा मोर्चाका कर्मठ सदस्य महेश छेत्री विगत केही दिन अघि देखि ढाड दुख्ने बिरामीले अस्वस्थ भएकोले तिनलाई हिँडडुल गर्न धेरै असुविधा भएको कारण उपचार गर्नको लागि दार्जिलिङका विधायक निरज जिम्बाले आर्थिक सहयोग प्रदान गरे। गोरामुमो तकदाह टिस्टा भेल्ली समष्टीका सभापति सुदेस राई अनि समष्टी सचिव प्रमित राईको हातबाट बडा मंगमाया शाखा सभापति डेन छिरिङ लेप्चा, मेगाबहादुर तामाङ आदिको उपस्थितिमा बिरामीलाई भेटघाट गरेर उपचारको निम्ति विधायक जिम्बाको तर्फबाट दिएको चेक प्रदान गरियो। उक्त आर्थिक सहयोगको निम्ति गोरामुमो तकदाह टिस्टा भेल्ली समष्टिको तर्फबाट सुदेस राईले विधायक प्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस प्रकारको सहयोग गरिदिने अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *