विधायक निरज जिम्बाद्वारा चर्चित गायक स्वर्गीय पारस गजमेरको परिवारलाई 1 लाख प्रदान

दार्जिलिङ: गोरामुमो नेता तथा विधायक निरज जिम्बाले  दार्जिलिङका एकजना चर्चित गायक स्वर्गीय पारस गजमेरको परिवारलाई सहयोग स्वरुप एक लाख रूपियाँ प्रदान गरे। दार्जीलिङ साङ्गीतिक जगतको एक उज्ज्वल तारा मानिने स्वर्गीय पारस गजमेरको वाससस्थान दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 26 अन्तर्गत अगम सिंह रोडमा गएर तिनका परिवारलाई भेटघाट गर्नको साथै तिनीहरुको हालखबर सोधखोज गर्दै धेरै समय परिवारका सदस्यहरूसित बिताए। यस अवसरमा विधायक जिम्बाले स्वर्गीय पारस गजमेरको परिवारलाई सहयोग स्वरुप एक लाख रुपियाँको चेक परिवारको सदस्यहरुलाई हस्तान्तरण गरे। यसबारे जान्न चाहँदा विधायक निरज जिम्बाले भने, मैले एउटा सानो सहयोग मात्र पुऱ्याएको हो। यसरी दार्जीलिङ पहाडको साङ्गीतिक जगतको उज्ज्वल तारा स्वर्गीय पारस गजमेरको परिवारलाई सहयोग गर्नु पाउँदा आफुलाई आत्मासन्तुष्टिको अनुभव भइरहेको पनि तिनले बताए। विधायक जिम्बाले आफुले सकेसम्म सबैलाई सहयोग गर्दै आइरहेका छन् । यसरी आफ्नो क्षमता अनुसार जनताको प्रत्येक सुख-दु:खमा सरिक भनेर सहयोग पुऱ्याइरहेका गोरामुमो नेता तथा विधायक निरज जिम्बाप्रति दार्जीलिङका जनताले कृतज्ञता प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *