विधायक निरज जिम्बाद्वारा दिलाराम चियाबारीलाई सहयोग

खरसाङ : दार्जिलिङका विधायक निरज जिम्बाद्वारा दिलाराम चियाबारीलाई सहयोग गरेका छन्। खरसाङको दिलाराम चियाबारीमा कोरोना संक्रमणको प्रकोप बढेपछि गोरामुमो केन्द्रीय समिति सदस्य आनन्द राईले विधायक निरज जिम्बालाई यसबारे जनाएपछि सेनिटाइजेशन कार्य गर्नको निम्ति आवश्यक सामग्रीहरु उपलब्ध गराइदिने अपिल समेत गरेका थिए। यसैले विधायक निरज जिम्बाले दिलाराम चियाबारीको निम्ति 2 वटा सेनिटाइजेशन मशिन, 20 लिटर रासायनिक हाइपोक्लोराइट सलुसन, 2 वटा डिजिटल थर्मोमिटर, 2 वटा अक्सिमिटर, 4 वटा पीपीई किट्स, 500 सर्जिकल मास्क, 50 वटा हातमा लगाउने सेनिटाइजर, पञ्जा, सर्जिकल क्याप आदि सामाग्रीहरु आनन्द राईलाई हस्तान्तरण गरेका छन्। विधायक निरज जिम्बाले अझैं थप सहयोग चाहेमा सहयोग पुर्यायउने वचन समेत दिएको जानकारी प्राप्त भएको छ। यसको निम्ति गोरामुमो अध्यक्ष मन घिसिङ, विधायक निरज जिम्बालाई दिलाराम चियाबारीका स्थानीय मानिसहरुको तर्फबाट धन्यवाद दिँदै आनन्द राईले कृतज्ञता प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *