विधायक निरज जिम्बाद्वारा लोअर तुङसुङमा सार्वजनिक भवनको उदघाटन

दार्जिलिङ : दार्जिलिङको वार्ड नम्बर 14 अन्तर्गत लोअर तुङसुङमा तुङसुङ जन कल्याण समितिको सार्वजनिक भवनको आज विधायक निरज जिम्बाले विधिवत् रूपमा उद्घाटन गरे। उक्त भवन दार्जिलिङ नगरपालिका क्षेत्राधिकार अन्तर्गत विधायक इलाका उन्नयन प्रकल्प योजना वर्ष 2022/2023 क्षेत्र विकास योजना कोषबाट 15 लाख रुपियाँको लागतमा निर्माण गरिएको हो।

तुङसुङ जन-कल्याण समितिका सभापति सचिव लगायत समाजका सदस्यहरूको उपस्थितिमा बौद्ध धर्मगुरूद्वारा विधिवत् रूपमा पुजा आर्चना गरेपछि समाजका वृद्ध-वृद्धा तथा विधायक निरज जिम्बाको बाहुलीबाट उक्त भवनको उदघाटन गरियो। लोअर तुङसुङमा सार्वजनिक भवनको धेरै खाँचो रहेकोले तुङसुङ जन-कल्याण समितिले विधायक निरज जिम्बालाई निवेदन गर्दै एउटा ज्ञापन पत्र बुझाएपछि विधायक जिम्बाद्वारा उक्त सार्वजनिक भवनको निर्माण गरिदिएको बताइएको छ। जन कल्याण समितिका सभापति नारायण प्रधानले समितिको तर्फबाट विधायक जिम्बाप्रति आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes