विधायक निरज जिम्बाद्वारा सेनिटाइज गर्नको लागि विभिन्न सामग्रीहरू वितरण

पोख्रेबुङ: दार्जिलिङ पहाडमा बढ्दो कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै विधायक निरज जिम्बाले गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशमा आफ्नो निजी कोषबाट प्राथमिक स्वस्थ्य केन्द्र साथै विभिन्न गाउँ समाजमा विविध सामाग्रीहरु वितरण गर्दै आरहेका छन्। यसैक्रममा गोरामुमो पोख्रेबुङ नागरी समष्टि अन्तर्गत धजिया बस्तीको अस्तित्व युवा क्लबका प्रतिनिधिहरुले विधायक जिम्बालाई सेनिटाइज गर्नको निम्ति सामग्रीहरूको सहयोग मागेपछि तिनले सेनिटाइजेशन मशिन, सोडियम हाइपोक्लोराइट, पीपीई किट्स, अक्सिमिटर, डिजिटल थर्मोमिटर, सर्जिकल मास्क, पञ्जा आदि सामग्रीहरू क्लबका प्रतिनिधिहरुलाई प्रदान गरे। यसको निम्ति धजिया बस्तीका सम्पूर्ण जनता अनि अस्तित्व युवा क्लबको तर्फबाट विधायक निरज जिम्बालाई धन्यवाद दिएका छन्। अर्कोतिर, विधायक निरज जिम्बाले सोनादा राजाहट्टामा पनि सेनिटाइज गर्नको लागि विभिन्न सामग्रीहरू प्रदान गरेको स्थानीय रमेश राईले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *