तकदाह : तकदाह टिस्टा भेल्ली समष्टि अन्तर्गत पर्ने तकदाह शाखा शिर गाउँ निवासी डम्बर राई धेरै दिन अघिदेखि अस्वस्थ छन्। आर्थिक अवस्था कमजोर रहेकोले आफन्त तथा गाउँ समाजका मानिसहरूले रुपियाँ संग्रह गरेर तिनको उपचारमा सहयोग गर्दै आइरहेका छन्। चिकित्सकहरूले तिनलाई अपरेसन गर्ने सुझाउ दिए तापनि आर्थिक अवस्था कमजोर रहेकोले तिनको अपरेसन गर्न परिवारका सदस्यहरू असमर्थ थिए। यसैले गोरामुमो तकदाह टिस्टा भेल्लीका प्रतिनिधिहरूले यसबारे विधायक निरज जिम्बालाई जानकारी गराएपछि तिनले समष्टि सचिव प्रनित राईमार्फत् केही सहयोग राशि बिरामी डम्बरका परिवारका सदस्यहरूलाई प्रदान गरेका छन्। उक्त सहयोगको लागि परिवार तथा समष्टिको तर्फबाट विधायक निरज जिम्बाप्रति आभार व्यक्त गरियो।
