विधायक निरज जिम्बाको सहयोगमा गोरामुमोद्वारा सिंहमारी क्षेत्रमा सेनिटाइज

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो समाजिक सेवा अभियान अन्तर्गत दार्जिलिङ पहाडका विभिन्न गाउँ-बस्ती, कमान क्षेत्र अनि दार्जिलिङ नगरपालिकाको विभिन्न वार्डहरुमा लगातार सेनिटाइजेशन कार्य जारी राखेको छ। यसैक्रममा विधायक निरज जिम्बाको टोलीले सिंहमारी टकभर समष्टिको टिस्टा ग्राम समाज अन्तर्गत पर्ने विभिन्न क्षेत्रमा सेनिटाइजेशन कार्य गरेको समाजका सभापति प्रकाश प्रधानले जानकारी दिएका छन्। यस सहयोगको निम्ति तिनले गाउँलेहरूको पक्षमा विधायक निरज जिम्बालाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन्। यसैगरी, लगातार कोना संक्रमितहरूको संख्या बढिरहेकोले गर्दा उक्त टोलीले दार्जिलिङको सिंहमारी टकभर समष्टिको अन्य विभिन्न क्षेत्रमा पनि सेनिटाइज गरेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *