विधायक जिम्बाले गरे विपन्न परिवारहरूलाई खाद्य सामग्री वितरण

मिरिक : दार्जिलिङका विधायक निरज जिम्बाले आज च्याँगा पानीघट्टा ग्राम पञ्चायत अन्तर्गत पर्ने भारत नेपाल सीमावर्ती क्षेत्र लोहागड़ चियाकमानका लगभग 150 परिवारलाई राहत सामग्री वितरण गरे। यसको साथै तिनले निरपानियाँ बस्तीका लगभग 400 विपन्न परिवारहरूलाई पनि राहत सामाग्री वितरण गरे। यस अवधि तिनले लोहागड़स्थित सामुदायिक संगरोध केन्द्रको परिभ्रमण गर्नको साथै त्यहाँ बसेका मानिसहरूसित भलाकुसारी गरे। यसको साथै विधायक जिम्बाले आफ्नो कार्यलाई अघि बढाउँदै निरपानियाँ जाबडा मोडमा 2017-को छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा शहीद भएका वीर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। जाबडा मोडमा शहीद श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *