विधायक परेश चन्द्र अधिकारीको छोराको मृत्यु

कुचबिहार (निसं) : मेखलीगञ्जका विधायक परेश चन्द्र अधिकारी पुत्र शोकमा परेका छन्। तिनका छोरा हिरक ज्योति अधिकारीको हार्ट एटेक भएर निधन भएको छ। आज बिहान हिरक ज्योति अधिकारीको अचानक स्वास्थ खराब भयो। यसपछि तिनलाई मेखलीगञ्ज महकुमा अस्पतालमा लगियो, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनाले इलाकामा शोकको माहौल छाएको छ।  मृत्युको कारण बारे मेखलीगञ्ज महकुमा अस्पतालका अधिक्षक तापस कुमार दासले बताए अनुसार मृत्युको कारण कार्डियोरेस्पिरेटरी फेल्योर साथै क्रोनिक किड्नी रोगको कारणले गर्दा भएको हो।  


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *