विधायक रूदेन लेप्चाको सहयोगमा गोरुबथान ब्लकको 6 वटा चिया कमानमा राहत वितरण

गोरूबथान: दशैं अनि तिहारको समयमा कालेबुङ जिल्लाको गोरुबथान ब्लक अन्तर्गत पर्ने छ: वटा चिया कमान सामाबियोङ, अप्पर फागु, अम्बियोक, लोवर फागु, मिशन हिल, कुमाई आदिका विपिन्न परिवारका श्रमिकहरूलाई विधायक रूदेन सादा लेप्चाको विशेष पहलमा राहत सामग्री तथा लुगा-फाटाहरू वितरण गरियो। यस अवसरमा चिया श्रमिकहरूले विगतमा कुनै पनि विधायकहरुले आजसम्म चुनाउ जितेर गएर फर्केर नआएको बताउँदै यस्तो राहत सहयोग प्रथमपल्ट पाएको भन्दै सबै श्रमिकहरूको पक्षबाट एमएलए रूदेन लेप्चा अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्।यस राहत वितरण कार्य अवधि एचटीडीपीडब्लुयू-का प्रतिनिधिगण अनि नारी शक्तिका प्रतिनिधिहरू उपस्थित थिए। यस प्रकारको राहत सामग्री वितरण कार्यक्रम आगामी दिनमा पनि गरिने पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *