विधायक रूदेन लेप्चाको उपस्थितिमा टाँसीडिङमा वर्ल्ड भिजन इन्डियाद्वारा राहत वितरण

कालेबुङ: वर्ल्ड भिजन इन्डिया, एडीपी हिमालयको विशेष पहलमा आज कालेबुङ जिल्लाको 33 नम्बर समष्टि अन्तर्गत टाँशीडिङ ग्राम पञ्चायत क्षेत्रका विभिन्न गाउँका मानिसहरूलाई खाद्यान्न सामग्रीहरू वितरण गरियो। कोभिडको महामारी तथा लकडाउनलाई ध्यानमा राख्दै वर्ल्ड भिजनद्वारा सम्पन्न खाद्यान्न सामग्री वितरण कार्यक्रम अवधि मुख्यरूपमा कालेबुङका विधायक रूदेन सादा लेप्चा उपस्थित थिए भने तिनकै बाहुलीबाट गाउँवासीलाई खाद्यान्न सामग्रीहरू वितरण गरिएको थियो। यस अवसरमा विधायक रुदेन सादा लेप्चाले विधानसभा चुनाउ समाप्त भएपछि पहिलो पल्ट आज यहाँका मानिसहरूसित भेट गरेकोले तपाईंहरु सबैलाई म विधायकको हैसियतले धन्यवाद दिन चहान्छु भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *