विधायक रूदेन लेप्चाले राज्यका कृषि मन्त्री सोबन देव चट्टोपाध्यलाई भेटेर चढाए ज्ञापन

कालेबुङ: बंगालका कृषि मन्त्री सोबन देव चट्टोपाध्यलाई भेटेर दार्जिलिङ जिल्लाका कृषकहरूले जसरी सरकारको कृषि योजनाको उपभोग गरिरहेका छन्, त्यसरी नै कालेबुङ जिल्लाका कृषकहरुले पनि उपभोग गर्नु पाउनु पर्छ भन्नेबारे कालेबुङका विधायक रुदेन सादा लेप्चाले माग गरेका छन्। तिनले यस भेट अवधि कृषि मन्त्रीलाई कालेबुङ क्षेत्रमा कृषिको विकास लगायत कृषि सम्बन्धित विभिन्न मागहरूलाई लिएर एउटा ज्ञापन पनि चढाए।


स्मरण रहोस, राज्यका कृषि मन्त्री सोबन्देव चट्टोपाध्य गत 28 डिसेम्बर 2021 देखि दार्जिलिङ कालेबुङ जिल्लाको भ्रमणमा छन् भने आज बिहान कालेबुङका विधायक रूदेन लेप्चाले तिनीसित औपचारिक भेट गरेर कृषि विषयमा कुराकानी गरे। यस अवधि कालेबुङ क्षेत्रमा कृषिको विकास हुने मन्त्रीले आश्वासन दिएका छन्। कृषि मन्त्रीले आज कालेबुङ अनि दार्जिलिङका कृषि विभागका अधिकारीहरूसँग बैठक गर्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *