विधायक शङ्कर घोषको घरमा पुगे भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदार

सिलगढी (निसं): भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदार आज सिलगढीका विधायक शंकर घोषको घरमा पुगेर शोक समवेदना प्रकट गरे। गत 17 मार्चमा विधायक शङ्कर घोषको आमाको निधन भएको थियो। उक्त खबर सुनेपछि आज सुकान्त मजुमदार विधायक घोषसित भेट गर्न तिनको घरमा पुगेका थिए। तिनीसित जलपाईगढीका सांसद डा. जयन्त राय, डाबग्राम फुलबारी विधानसभाका विधायक शिखा च्याटर्जी लगायत अन्य उपस्थित थिए। यस अवधि सुकान्त मजुमदारले विधायकको घरमा दिवङ्गत पारुल देवीलाई श्रद्धाञ्जलि अर्पण गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले विभिन्न विषयलाई लिएर राज्य सरकारलाई कटाक्ष कसे। यसैबीच तृणमूल कङ्ग्रेसका राज्यसभा सांसद डेरेक ओब्रायनले सुप्रीम कोर्टको निगरानीमा लोकसभा चुनाउ सम्पन्न गराउने माग गरेका छन्।  यस विषयलाई लिएर सुकान्त मजुमदारले कटाक्ष कसे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibom