विधायक शंकर घोष मातृ शोकमा

सिलगढी: सिलगढीका विधायक शंकर घोषको आमाको आज निधन भयो। प्राप्त जानकारी अनुसार अस्वस्थ्य रहेकोले गर्दा गत 12 मार्चमा शंकर घोषको आमा पारुल देवीलाई सिलगढीको एउटा नर्सिङ होममा भर्ना गरेको थियो। त्यहाँ तिनको उपचार चलिरहेको थियो। आज बिहान हृदयघातले गर्दा पारुल देवीको मृत्यु भएको छ। यसपछि पारुल देवीको शव निजी वासस्थानमा लगियो। घटनाको खबर पाएर विभिन्न राजनीतिक पार्टीका नेता तथा नेत्रीहरू विधायक शङ्कर घोषको घरमा पुगेर शोक समवेदना प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *